आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा – Sagarmathapana:: Online News Portal

आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा

   २०८१ श्रावण ११ गते  

काठमाडौं। काठमाडौं उपत्यका मेयर्स फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकाहरुमा सार्वजनिक शोक विदा दिने निर्णय गरेको छ।

मेयर्स फोरमका अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,नकर्मीको निधनबाट सिङ्गो उपत्यकाका सबै पालिकाहरु मर्माहत भएका छन्। शोकको यस घडीमा मिति २०८१ श्रावण १३ गते आइतवारका दिन काठमाडौं उपत्यका भित्रका सम्पूर्ण पालिका तथा पालिका मातहतका निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।’

फोरमका सदस्य रहेका कीर्तिपुर नगरपालिकाका नगर प्रमुख नकर्मीको आज विहान निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै