नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको पहिलो वार्षिक साधारण सभा सम्पन्न,नयाँ अध्यक्षमा अग्रवाल – Sagarmathapana:: Online News Portal

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको पहिलो वार्षिक साधारण सभा सम्पन्न,नयाँ अध्यक्षमा अग्रवाल

   २०८२ आश्विन ११ गते  

काठमाडौं।नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका तत्कालीन अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०८१/८२ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ। साथै, आगामी आ.व. २०८२/८३ का लागि लेखापरीक्षकमा पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सभामा अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउन संरचनात्मक सुधार, सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण, तालिम–अनुसन्धान तथा वैज्ञानिक लगानी विविधिकरणमार्फत अघि बढिरहेको जानकारी दिए।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आ.व. २०८१/८२ को कार्य प्रगतिबारे विवरण प्रस्तुत गर्दै आगामी आ.व. २०८२/८३ का लागि रणनीतिक योजनासमेत सार्वजनिक गरेका थिए।


मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालले बीमितबाट संकलित रकमलाई सुरक्षित ढंगले लगानी गरी उच्च प्रतिफल दिलाउन व्यवस्थापनलाई आग्रह गरे। सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफलमा ध्यान दिनुपर्ने सुझाव दिए।

सभाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाललाई सञ्चालकमा नियुक्त गरेको छ।

यस्तै, सभापछि बसेको सञ्चालक समितिको बैठकले कमलेश कुमार अग्रवाललाई नयाँ सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। नयाँ अध्यक्षसहित सञ्चालकहरूले पदबहालीसमेत गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै