पूर्वमन्त्री पौडेलद्वारा उद्घाटन, कोरिया एजुकेशन फेयर २०२५मा विद्यार्थीको उत्साहजनक सहभागिता
काठमाडौं।शनिबार नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा कोरिया एजुकेशन फेयर २०२५ भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षामन्त्री माननीय देवेन्द्र पौडेलले रिबन काटी उद्घाटन गरेका थिए।



उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री पौडेलले नेपालको शिक्षा पनि स्तरीय र उत्कृष्ट रहेको उल्लेख गर्दै भने, “विद्यार्थीहरूले विदेशमा गएर नयाँ ज्ञान र सीप सिकेर नेपाल फर्केर त्यसको सदुपयोग गर्नुपर्छ।”
कार्यक्रममा KECAN का द्वितीय उपाध्यक्ष एस.पी. भट्टराईले उपस्थित पत्रकार तथा अतिथिहरूलाई स्वागत गरेका थिए। त्यस्तै, KECAN का अध्यक्ष विष्णु खड्काले मेलाको विस्तृत जानकारी दिँदै यसपटक २३ वटा कोरियन विश्वविद्यालयका स्टल रहेको र विद्यार्थीहरूले प्रत्यक्षरुपमा जानकारी लिन सक्ने व्यवस्था गरिएको बताए। साथै, कोरिया केन्द्रित करिब ७० वटा शैक्षिक कन्सल्टेन्सीका प्रतिनिधिहरू काउन्सेलिङ र मार्गदर्शनका लागि सहभागी भएका थिए।



शिक्षा, प्रविधि, फेसन र भविष्यका करियरसँग सम्बन्धित विभिन्न कार्यक्रमसमेत समेटिएको यो मेलामा प्रवेश निःशुल्क रहेको थियो। मेलाले कोरियाली उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई विश्वस्तरीय अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
यसअघि, मेलासम्बन्धी जानकारी दिन आइतबार नेपाल हाउस, हात्तीसारमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।













