दरबार लन्चको चौथो वार्षिकोत्सवमा गायक रोज मोक्तानको विशेष प्रस्तुति
काठमाडौं।दरबार मार्गस्थित ‘दरबार लन्च’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यही भदौ १८ गते बुधबार आयोजना हुने कार्यक्रममा लोकप्रिय गायक रोज मोक्तानले आफ्ना दर्जनौँ चर्चित गीत प्रस्तुत गर्नेछन्।
कलकत्ते काईयो,हेलम्बुको बजारमा,झमझम ईष्टाकोट,हिउँपर्यो फुरुरु,रातो रातो गाला,झिम्काईदेउ परेलि,नक्कलि कान्छिको सक्कलिमन,आँखाको रमझम खल्तिमा छाम,भमरा भुल्यो यानि मायाँ रोशि खोला दुम्जामा दोभान लगायतका प्रिय गीतका गायक मोक्तानको प्रस्तुति वार्षिकोत्सवको प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ।


कार्यक्रमको सञ्चालन चर्चित होस्ट भीजे सुशील नेपालले गर्नेछन्। दरबार लन्चका निर्देशक अजयमान श्रेष्ठले चार वर्षको सफलतामा ग्राहक र अतिथिहरूको योगदानलाई नै प्रमुख आधार बताउँदै सबैलाई हार्दिक आभार प्रकट गरेका छन्। साथै, उनले वार्षिकोत्सवमा सहभागी भई खुसी साटासाट गर्न सम्पूर्णलाई निमन्त्रणा गरेका छन्।
यही भाद्र १८ गते बुधबार दरबार लन्चको चौथो एनिभर्सरीको लागि सबैलाई चुले निम्तो Everyone is cordially invited to the fourth anniversary of the Durbar Lunch on Wednesday, Bhadra 18.













