सोमबार नेप्से तीन पटकसम्म २५०० अंक नाघे
काठमाडौं । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो ।
कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्यो । २ : २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।












