सङ्खुवासभामा राष्ट्रपति पौडेल,‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण
सङ्खुवासभा।राष्ट्रपति रामचन्द्र पौडेल आज सङ्खुवासभा पुगेका छन् । उनले मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सहभागिता जनाएका हुन्।
वि.सं. २००७ सालमा स्थापना भएको विद्यालयले पूर्वी नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। हीरक महोत्सवको अवसरमा राष्ट्रपति पौडेलले विद्यालय परिसरमै निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदीले जानकारी दिएका छन्।
राष्ट्रपति पौडेललाई विद्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूले स्वागत गरेका थिए।
हाल विद्यालय प्राङ्गणमा विशेष समारोह जारी रहेको विद्यालय प्रशासनले जनाएको छ।












