किसानको समस्या समाधानका लागि राष्ट्रिय खाद्य बैंक र नेपाल पेमेंट सोलुसनबीच बैठक
काठमाडौं।किसानको समस्या समाधान गर्न राष्ट्रिय खाद्य बैंकले सूचना प्रविधि (आईटी) विस्तारमा विशेष पहल अघि बढाएको छ। यसै क्रममा नेपाल पेमेंट सोलुसनका प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा उहाँको आईटी टिमसँग विशेष बैठक सम्पन्न भएको छ।


बैठकमा किसानसँग प्रत्यक्ष जोडिने डिजिटल प्रणाली, आपूर्ति व्यवस्थापन, माग–आपूर्ति अनुगमन तथा छरितो सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो।
राष्ट्रिय खाद्य बैंकका अनुसार बैठकले किसानलाई डिजिटल प्रविधिमार्फत अझ सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने आधार तयार गरेको छ। यस पहलमार्फत कृषकको उत्पादनलाई बजारसँग प्रभावकारी ढंगले जोड्ने, भुक्तानी प्रणालीलाई सरल र दिगो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।














