एनएमए बुक होल्डर सदस्यमा चार शेर्पा विजयी
काठमाडौं।नेपाल पर्वतारोहण संघ (एनएमए) को बुक होल्डर सदस्य पदका लागि आइतबार सम्पन्न निर्वाचनबाट चार जना उम्मेदवार विजयी भएका छन्।
निर्वाचनमा जम्मा ६४५ मत खसेको थियो। प्राप्त परिणामअनुसार जेनजेन शेर्पा २९५ मतसहित पहिलो स्थानमा रहँदै विजयी भएका छन्। दाबुटी शेर्पा २७३ मत ल्याएर दोस्रो, दावा टासी शेर्पा २४४ मत प्राप्त गरी तेस्रो र सन्देश शेर्पा १९८ मतसहित चौथो स्थानमा रहँदै विजयी भएका हुन्।
यसपटकको निर्वाचनलाई संघको आगामी नेतृत्व सुदृढीकरणसँग जोडेर हेरिएको छ। विजयी उम्मेदवारहरूले पर्वतारोहण क्षेत्रको प्रवर्द्धन र पर्वतारोहकहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।












