प्रधानमन्त्री ओलीद्वारा बाबुको मुख हेर्ने दिनको शुभकामना – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओलीद्वारा बाबुको मुख हेर्ने दिनको शुभकामना

   २०८२ भाद्र ७ गते  

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुको मुख हेर्ने दिन (कुसेऔँसी) को अवसरमा सबैलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आज (शनिबार) बिहान आफ्ना ९६ वर्षीय बाबुसँग आशीर्वाद लिएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिएका हुन्। उनले भने, “आज भाद्र कृष्ण औंसी अर्थात् कुसेऔँसी, बिहानै बुबासँग आशीर्वाद लिएँ।”

बुबाको स्वास्थ्यबारे जानकारी दिंदै ओलीले भनेका छन्, “बुबा ९६ वर्षको हुनुभयो। कान अलिकति मात्र कम सुन्नुहुन्छ, तर अझै चस्मा नलगाई पुस्तक पढ्न सक्नुहुन्छ र नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ।”

उनले बाबुको मुख हेर्ने दिनलाई हाम्रो परम्परामा पितृसम्मानको प्रतीकात्मक दिनका रूपमा व्याख्या गर्दै भने, “बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर र सम्मान गर्नुपर्छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै