सेयर बजारमा एक घण्टामै ४ अर्ब ३३ करोडको कारोबार
काठमाडौं ।साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको एक घण्टामै ४ अर्ब ३३ करोडको कारोबार भएको छ । १२ बजेसम्म नेप्से परिसूचक ३७.७१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २४६२ अंकमा कायम भएको छ । यतिबेलासम्म १६१ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ११ को स्थिर रहेको छ ।
१२ बजेसम्म सबै समूहका सूचक बढेका छन् । बैंकिङ १.७, विकास बैंक १.४, फाइनान्स २.५, होटल तथा पर्यटन ३.३, जीवन बीमा १, उत्पादन ३.६, निर्जीवन बीमा ०.६, अन्य २.५, व्यापार ५ प्रतिशत बढेको छ ।












