न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु – Sagarmathapana:: Online News Portal

न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु

   २०८१ श्रावण ६ गते  

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज सञ्चालन सुरु गरेको छ ।

वडा सदस्य चन्द्रमान तुलाधरले महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न खोजेपछि वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न लागेको बताए । ‘संकटा मन्दिरनेर रहेको वडा कार्यालय अब यहीँ सडकबाट सञ्चालन हुन्छ, सिफारिसदेखि अन्य सबै काम यहाँबाट थालेका छौं,’ वडासदस्य तुलाधरले भने । उनले न्यूरोडको फुटपाथ विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने बताए ।

काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै