प्रचण्ड र माधव नेपालबिच भेट – Sagarmathapana:: Online News Portal

प्रचण्ड र माधव नेपालबिच भेट

   २०८१ श्रावण ६ गते  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।

दुई नेताबिच आइतबार सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिनुअघि नेताहरू प्रचण्ड र नेपालले भेटवार्ता गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै