चलचित्र ‘रिमै’को शीर्ष गीत सार्वजनिक – Sagarmathapana:: Online News Portal

चलचित्र ‘रिमै’को शीर्ष गीत सार्वजनिक

   २०८२ श्रावण २९ गते  

काठमाडौं-नेपाली चलचित्र ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ। आउँदो भदौ २० गते देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको गीत बुधबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

खिलबहादुर गुरुङको निर्देशनमा बनेको ‘रिमै’को गीतमा निर्देशक दीपक शर्माले शब्द तथा संगीत दिएका छन् भने रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ)ले स्वर भरेका छन्। गुरुङ सांस्कृतिक परिवेशमा तयार पारिएको यस गीतको भिडियोमा मुख्य कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्।

यस गीतमार्फत लोकप्रिय जोडी दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैया) लामो समयपछि फेरि पर्दामा देखिन लागेका छन्, जसले दर्शकमाझ उत्साह बढाएको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङसहित बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको पनि अभिनय छ।

उपेन्द्र सुब्बाको लेखनमा तयार भएको ‘रिमै’लाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। फिल्मका कार्यकारी निर्माता वीरबल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताका रूपमा रहेका छन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर तथा मित्र डि गुरुङको सम्पादन रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै