पर्यटन विभागको ‘उत्कृष्ट कर्मचारी’मा गुणा राई सम्मानित
काठमाडौँ।आर्थिक वर्ष २०८१/०८२ का लागि पर्यटन विभागले ‘उत्कृष्ट कर्मचारी’को रूपमा शाखा अधिकृत गुणा राईलाई सम्मान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विभागमा साहसिक तथा पर्वतारोहण शाखामा कार्यरत राईले जिम्मेवारी इमान्दारीपूर्वक, समयमै र अनुशासित ढंगले पूरा गर्दै सेवा प्रवाहमा उच्च लगनशीलता देखाएकाले सम्मानित गरिएको विभागले जनाएको छ।
विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले उत्कृष्ट कर्मचारीको चयन र सम्मानको अभ्यास पहिलो पटक सुरु गरिएको बताउँदै, “यसले कर्मचारीमा प्रेरणा जगाउनेछ र सहकर्मीहरूका लागि सकारात्मक उदाहरण बन्नेछ,” भने।
निजामती सेवा ऐन र सुशासन ऐनले पनि उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने व्यवस्था गरेको छ।












