प्रधानमन्त्री र मन्त्रीले गरे सहिदको सालिकमा माल्यार्पण – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री र मन्त्रीले गरे सहिदको सालिकमा माल्यार्पण

   २०८१ असार ३१ गते  

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदको शपथ लिए लगत्तै लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको सालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर पुगेका थिए ।


प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरू पनि सहिद स्मारक पुगेर माल्यार्पण गरेका थिए । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रीहरू सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै