प्रियंकासँग देखिदै करिश्मा‘माइली’मा – Sagarmathapana:: Online News Portal

प्रियंकासँग देखिदै करिश्मा‘माइली’मा

   २०८१ असार २४ गते  

काठमाडौं। रुना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘माइली’मा नायिका करिश्मा मानन्धर अनुबन्धित भएकी छिन् । निर्माणपक्षले करिश्मासँग केही दिन अगाडि संझौता गरेको बताएको छ ।

बाबु साहेब बलामीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा यसअघि केन्द्रीय भूमिकामा नायिका प्रियंका कार्की फाइनल भइसकेकी छिन् ।
फिल्मको टिमले करिश्माको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । जहाँ, करिश्मालाई खुशी मुद्रामा देख्न सकिन्छ ।

सत्य घटनामा यो फिल्म निर्माण हुने बलामीको भनाई छ । एक दलित महिलाले समाजबाट भोग्ने विभिन्न खालका भोगाइको कथामा यो फिल्म बन्नेछ ।

असारको अन्तिमबाट छायांकनमा जान लागेको यो फिल्मलाई मकवानपुर, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । फिल्ममा शंकर अधिकारीको गीत, पटकथा तथा संवाद, राजेन्द्र बजगाईँको संगीत रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै