गोकर्णेश्वरमा सामुदायिक भवन निर्माणका लागि १० लाखसहित कर्मा भुटियाद्वारा अग्रणी सहयोग – Sagarmathapana:: Online News Portal

गोकर्णेश्वरमा सामुदायिक भवन निर्माणका लागि १० लाखसहित कर्मा भुटियाद्वारा अग्रणी सहयोग

   २०८२ श्रावण ११ गते  

निमा पोङ्स्युवा
काठमाडौं-च्याम्ताङ काठमाडौं कल्याण समाजको अगुवाइमा गोकर्णेश्वर नगरपालिका–९ मा निर्माण भइरहेको सामुदायिक भवन निर्माणका लागि भन्दै कर्मा भोटीयाले १० लाख रुपैया उपलब्ध गराएको छ ।
समाजका प्रमुख सल्लाहकार तथा संखुवासभा लर्निङ ग्राउण्डका अध्यक्ष कर्मा भुटियाले भवन निर्माण कार्य तत्काल सुचारु गर्नका लागि रु १०,००,००० (दस लाख) आर्थिक सहयोग प्रदान गर्नुका साथै भविष्यमा थप आर्थिक तथा बौद्धिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। समाजले उहाँप्रति हार्दिक आभार व्यक्त गरेको छ।

यस्तै, समाजका सह-सचिव गुट्टु स्याङ्दरा भोटे परिवारले पनि रु २,५०,००० (दुई लाख पचास हजार) आर्थिक सहयोग प्रदान गरेका छन्।

सुरुवाती चरणदेखि नै जग्गा किन्न हौसला प्रदान गर्दै आएकी समाजकी चेली सुमी भोटिया (साम्चिपा)ले मिति २०८२ साउन ११ गते रु १,००,००० (एक लाख) सहयोग गरेकी छन्।

त्यस्तै, समाजकी सक्रिय महिला सदस्य ङाङ फुदर स्याङ्दराले रु १,०५,००० (एक लाख पाँच हजार), चेली सोनम डोमा स्याङ्दरा भोटेले रु ५०,००० (पचास हजार), र समाजका सदस्य श्री जुप्पा लेण्डुक पेजवाले रु २०,००० (बीस हजार) आर्थिक सहयोग गरेका छन्।


उक्त सम्पूर्ण आर्थिक दाताहरुले थप आर्थिक र बौद्धिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। च्याम्ताङ काठमाडौं कल्याण समाज परिवारले सबै दाताप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ। तीन तलासम्मको पक्की भवनको तयारी रहेको भन्दै भवन सम्पन्न भैसक्दा तीन करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै