लिचीबारी अडियो प्रकरणबारे पाण्डेले मागे मन्त्री अधिकारीसँग जवाफ – Sagarmathapana:: Online News Portal

लिचीबारी अडियो प्रकरणबारे पाण्डेले मागे मन्त्री अधिकारीसँग जवाफ

   २०८२ श्रावण ११ गते  

काठमाडौंनेकपा (माओवादी केन्द्र) का प्रमु्ख सचेतक हितराज पाण्डेले लिचिबारी अडियो प्रकरणबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग जवाफ मागेका छन् । आज (आइतबार) बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि विधेयकबारेको छलफलका क्रममा उनले मन्त्री अधिकारीसँग जवाफ मागेका हुन् ।

उक्त अडियो फेक हो भने अडियो ल्याउनेलाई कारबाही गरिनुपर्ने उनले बताए । ‘अडियो सही हो भने त्यसमा मन्त्रीज्यूको नाम पनि छ । फेक हो भने त्यस्तो अडियो निकाल्नेलाई कारबाही गर्नुपर्‍यो,’– उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै