पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पत्रकार सम्मेलनको आयोजना – Sagarmathapana:: Online News Portal

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पत्रकार सम्मेलनको आयोजना

   २०८२ श्रावण ९ गते  

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएकी छन्। मिति २०८२ साउन ९ गते, दिउँसो ३ बजे निर्धारित उक्त कार्यक्रममा सञ्चारकर्मी, विश्लेषक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनका क्रममा पूर्वराष्ट्रपतिले समसामयिक राजनीतिक परिदृश्य, राष्ट्रिय चासोका मुद्दाहरू तथा हालैका सामाजिक गतिविधिबारे धारणा राख्ने बताइएको छ।

आयोजक पक्षले पत्रकार सम्मेलनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन सम्पूर्ण सञ्चारकर्मी, सरोकारवाला र नागरिकहरूलाई हार्दिक अनुरोध गरेको छ।

स्थान: काठमाडौं

समय: दिउँसो ३ बजे

मिति: २०८२ साउन ९ गते

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै