खोल्देऊ नानी खोल्देऊ” प्रेम,प्रतीक्षा र एक रहस्य: गायक जन्म राईको नयाँ गीत सार्वजनिक – Sagarmathapana:: Online News Portal

खोल्देऊ नानी खोल्देऊ” प्रेम,प्रतीक्षा र एक रहस्य: गायक जन्म राईको नयाँ गीत सार्वजनिक

   २०८२ श्रावण ८ गते  

गायक जन्म राईको अपिल:“गर्देऊ नानी, गर्दैऊ माया मलाई, गर्दैऊ मेरो माया कस्तो छ है कमेन्ट गरिदेऊ, हाम्रो माया हिट बनाउन सेयर गरिदेऊ।”

काठमाडौं।“फिदा भए,यो सास धडकन रहुन्जेल,गोदावरी नैमा राख मलाई खाखैमा…”यो पंक्ति सुन्ने बित्तिकै नेपाली संगीतप्रेमीको मनमा एउटा गहिरो तस्बिर बनिन्छ—गायक जन्म राईको स्वर,जसले प्रेमलाई कविता बनायो र सम्झनालाई धुन।उक्त गीतले करोडौं दर्शक–श्रोताको मन छुने मात्र होइन,देश–विदेशमा नेपाली गीत–संगीतको गहिरो भावनात्मक उपस्थिति जनायो।


त्यसपछि जन्म राईको नाम गहिरो प्रेमका प्रतिनिधि आवाजको रूपमा स्थापित भयो।अब फेरि फर्किए जन्म राई–नयाँ गीतसहित, नयाँ अनुरोधसहित: उनकै नयाँ सिर्जना “खोल्देऊ नानी खोल्देऊ” अब सार्वजनिक भएको छ–जसले फेरि एकपटक मनभित्रको कथा खोल्न खोजेको छ।

तर,

यतिखेर प्रश्न उठ्छ –‘के खोल्न आग्रह गरिएको हो?’गीतको भित्री कथा – प्रेमको प्रतीक्षा र आग्रह “खोल्देऊ नानी खोल्देऊ, मनको ढोका खोल्देऊ” गीतले प्रेमिकासँग आग्रह गर्छ मनको ढोका खोल्न, संवाद गर्न, र आफूलाई त्यो भित्रको भावनात्मक संसारमा प्रवेश गर्न दिन।

गायक स्वयं जन्म राईले यस गीतमा स्वर, शब्द र संगीत दिएका छन्। उदय राज पौडेलको संगीत संयोजनले गीतलाई अझ आत्मीय बनाएको छ भने दिप घतानीको मिक्सिङले भावना प्रष्ट पारिदिएको छ।

गीतको म्युजिक भिडियोमा अभिनेत्री रोशनी माझी र रोहित शाह बीचको मौनता, नजरको संवाद, र अधुरो प्रेमको चित्रण छ।

अनिल के मानन्धरको क्यामेरामा दृश्यहरू जीवित छन् भने सम्पादनमा सिलोन लम्सालको कलात्मकता छ। निर्देशन पनि गायक जन्म राईले नै गरेका छन्।

मेकअप आर्टिस्ट मन्दिरा डोङ, कोरियोग्राफर रोहित शाह, र प्रोडक्सन व्यवस्थापनमा रेगन राई र सर्जुन राईको संलग्नताले गीतको सम्पूर्ण अनुभवलाई मजबुत बनाएको छ।

नानी’ ले के खोल्ने? एउटा रहस्य गीत सुन्दा लाग्छ – सायद ‘मन’, सायद ‘स्मृति’, सायद हिजोका अधुरा प्रेमपत्र।

तर उत्तर तपाईं आफैंले खोज्नुपर्नेछ। किनकि यो गीत एउटा सवाल पनि हो, उत्तर पनि – जसको मतलब तपाईंको अनुभवमा भर पर्छ।

गीतलाई ‘Antara Music’ को आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यही च्यानलबाट गायकको अघिल्लो गीत “फिदा भए…” पनि सार्वजनिक गरिएको थियो, जुन गीतले अहिले पनि दर्शकको मनमा उस्तै मिठास बोकेको छ।

👉 हेर्नुहोस् “खोल्देऊ नानी खोल्देऊ”

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै