मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने – Sagarmathapana:: Online News Portal

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने

   २०८१ असार २३ गते  

२३ असार,काठमाडौं। आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा दिइनसकेको अवस्थाले विश्वासको मत लिने समय तोक्न नसकिएको मुख्य सचेतक ढकालले जनाए । बैठकमा साउनको पहिलो हप्ता विश्वासको मत लिनेबारे छलफल भएको उनले बताए ।

रहेको ढकालका अनुसार मुख्यमन्त्री जम्कट्टेल संसदीय दलको बैठक सकेर हेटौैंडा आउने तयारीमा छन् । उनी हेटौंडा आएलगत्तै नेकपा एमालेले बागमती सरकारको समर्थन फिर्ता लिने तयारी गरेको छ । शुक्रबार नै समर्थन फिर्तासहित मन्त्रीहरूको राजीनामा बुझाउने तयारी गरे पनि मुख्यमन्त्री जम्कट्टेल हेटौंडा नआएकाले रोकिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुुुदन पौडेलले जानकारी दिए ।

प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो । उक्त सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै