खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको सरुवा, कल्पना श्रेष्ठ नयाँ सिडियो – Sagarmathapana:: Online News Portal

खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको सरुवा, कल्पना श्रेष्ठ नयाँ सिडियो

   २०८२ असार ३२ गते  

खोटाङ।खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडियो) नरहरि घिमिरेको सरुवा गरिएको छ । गृह मन्त्रालयले घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यगमन कार्यालयमा खटाउने निर्णय गरेको हो ।

उनको स्थानमा गृह मन्त्रालयमै कार्यरत सह–सचिव कल्पना श्रेष्ठलाई खोटाङको नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा पठाउने निर्णय गरिएको छ ।

पूर्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहँदै आएका घिमिरे केही समयअघि खोटाङमा सिडियोको जिम्मेवारी सम्हाल्न आएका थिए । अब भने उनी राजधानीस्थित विमानस्थलको अध्यगमन कार्यालयमा सरुवा भएका छन् ।

श्रेष्ठको खोटाङ प्रवेशसँगै जिल्लाको प्रशासनिक नेतृत्वमा नयाँ अनुहार देखिन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै