नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेर गितार दिए – Sagarmathapana:: Online News Portal

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेर गितार दिए

   २०८१ असार १३ गते  

काठमाडौं । एक वर्षअघि संगीत सिक्न भनेर काठमाडौं आएका थिए करण परियार।

कार्पेट तथा फर्निसिङमा डेलिभरी ब्वाइको रूपमा काम गर्दै केही महिना संगीत सिके। र, फेरि घर फर्किने तयारीमा थिए।

त्यहीबीच पूर्वयोजना र पूर्वतयारी बिना उनी पुगे नेपाल आइडलको मञ्च। र, विभिन्न चरण पार गर्दै, निर्णायकदेखि स्रोता-दर्शकको मन जिते। फिनालेसम्म पुगे। दर्शकको भोटका आधारमा करण विजेता घोषित भए।

‘मलाई आइडल बन्छु भन्ने लागेकै थिएन,’ उनले भने, ‘किनकि फिनालेअघिका चरणमा मेरो भोट तुलनात्मक रूपमा कम थियो।’

विजेता जो बने पनि दुःखी नहुने भनेर मानसिक रूपमा उनी पहिल्यैदेखि तयार थिए। जब फिनालेमा उनको नाम आयो, सपनाजस्तो लाग्यो। उनी चकित परे।

‘अन्तिममा धेरै दर्शकले उर्लिएर भोट गर्नुभएछ,’ करणले भने, ‘सोच्दै नसोचेको नतिजा आउँदा खुसी भन्दा पनि कसरी भयो भन्ने लागिरहेको थियो।’

विजेता बनेसँगै करणलाई थुप्रैले बधाइ दिए र दिइरहेका छन्। बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भेटेर उनलाई बधाइ र शुभकामना दिए।

उनलाई मंगलबार बेलुका नै फोन गरेर प्रधानमन्त्रीले भेट्न बोलाएको बताइएको थियो। त्यो फोनपछि करण एकछिन त किन बोलाइएको होला भनेर अचम्म परे। प्रधानमन्त्री निवासमा बुधबार प्रधानमन्त्रीले बधाइ दिँदै करणको गायकीको प्रशंसा गरे। संगीतमा भविष्य राम्रो देखेको भने। उपहार स्वरूप हस्ताक्षर गरेर गितार दिए।

‘देशको प्रधानमन्त्रीले पनि एक नजर त हेर्नुभएछ भन्ने भयो। एकदमै खुसी लागिरहेको छ,

बर्दियाको पदना घर भएका करणका आमाबुबा सिलाइकटाइ काम गरेर जीवन चलाइरहेका छन्। करण भने सानैदेखि संगीतप्रति रूचि राख्थे। जबदेखि जान्ने बुझ्ने भए, त्यस बेलादेखि नै आफूलाई गाइरहेको पाएको उनी बताउँछन्।

उनी टोल-छिमेक र स्कुलका कार्यक्रममा गाउँथे। बाटातिरै कसैले गाउन आग्रह गरे पनि खुसी हुँदै गुनगुनाइदिन्थे।

तर बुबा बेलाबेलामा भन्थे – बाबु, गाएर मात्रै हुँदैन। केही सीप भयो भने पछि सजिलो हुन्छ। सिलाउने काम सिकिहाल्!

करण भने ‘यो काम मलाई आउँदैन, गाउन रूचि छ, त्यही गर्छु’ भन्थे।

बर्दियाको पदना घर भएका करणका आमाबुबा सिलाइकटाइ काम गरेर जीवन चलाइरहेका छन्। करण भने सानैदेखि संगीतप्रति रूचि राख्थे। जबदेखि जान्ने बुझ्ने भए, त्यस बेलादेखि नै आफूलाई गाइरहेको पाएको उनी बताउँछन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै