पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन – Sagarmathapana:: Online News Portal

पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन

   २०८२ असार २७ गते  

रोल्पा-पूर्वमन्त्री बालाराम घर्तीमगरको शुक्रबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारकै क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो।

पञ्चायती प्रणालीदेखि बहुदलीय व्यवस्थासम्म उनी झन्डै ३० वर्ष तत्कालीन राप्रपाबाट निर्वाचित हुँदै पाँच कार्यकालसम्म उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको मन्त्री बनेका थिए।

उनको जन्म वि.सं. १९९४ साउन १८ गते रोल्पाको साबिक मिझिङ गाविस–५ उपल्लोथर गाउँमा भएको हो। पछिल्लो समय उनी ललितपुरस्थित आफ्नै निवासमा बसोबास गर्दै आएका थिए। उनका पाँच छोरी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै