संसदमा आरोप–प्रत्यारोपभन्दा रचनात्मक र परिणाममुखी बहस आबस्यक:सांसद सुहाङ नेम्वाङ
काठमाडौं ।नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा आरोप–प्रत्यारोपभन्दा रचनात्मक र परिणाममुखी बहसमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
‘स्वच्छ बहस जीवित लोकतन्त्रको मेरुदण्ड हो,’सांसद नेम्वाङले भने, ‘तर कहिलेकाहीँ हामी आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणीमा अल्झिन्छौं । यसले हाम्रो मूल जिम्मेवारी ओझेलमा परेको जस्तो लाग्छ । यो दुःखद छ ।’
उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकासजस्ता जनजीविकासँग जोडिएका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
नीति तथा नियमलाई अझ प्रभावकारी बनाउँदै आमजनतामा सकारात्मक परिवर्तनको अनुभूति दिनुपर्ने सुझाव दिंदै उनले भने, ‘हामीसँग छलफलका लागि थुप्रै विषय छन् । संसदमा ती विषयमा समय खर्चिनु आवश्यक छ । काम गर्ने शैलीमा सुधार ल्याई जनतामा विश्वास दिलाउनुपर्छ ।’












