ह्याचरी व्यवसाय संकटमा: संघको निर्णय – एक हप्ता कुखुराको चल्ला उत्पादन र बिक्री बन्द
काठमाडौं-नेपाल ह्याचरी उद्योग संघले (२३ असार) बाट एक हप्ताका लागि कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। संघले २९ असारसम्मका लागि यो निर्णय लागू गर्ने बताएको छ।
गत शुक्रबार बसेको संघको बैठकले संघमा आवद्ध सबै ह्याचरी उद्योगीलाई बोइलर र कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री नगर्न निर्देशन दिएको हो।
संघका महासचिव ज्ञानबहादुर विसुरालका अनुसार, ह्याचरी व्यवसाय हाल निकै विषम परिस्थितिमा गुज्रिरहेको छ। उत्पादन लागत अनुसारको मूल्य नपाउँदा किसानहरू घाटामा जान थालेका छन्, जसका कारण यो “बाध्यात्मक निर्णय” लिनु परेको स्पष्ट पारिएको छ।
“यो निर्णय हामीले खुशीले होइन, बाध्य भएर गरेका हौं,” – महासचिव विसुराल
संघले सरकार र सरोकारवालाको ध्यान आकृष्ट गराउँदै ह्याचरी व्यवसायको संकट समाधान गर्न तत्काल कदम चाल्न पनि आग्रह गरेको छ।












