असार ७ गते देखि प्रदर्शनमा ‘दान्भी’ – Sagarmathapana:: Online News Portal

असार ७ गते देखि प्रदर्शनमा ‘दान्भी’

   २०८१ असार ६ गते  

काठमाडौं ।  एक समय महिला एक्सन फिल्म अभिनेत्री रेखा थापाले गरेकी थिइन् । उनीपछि भने अभिनेत्रीलाई लिएर एक्सन फिल्म बनाउन मेकरहरुले खासै इच्छा देखाएनन् । न त अभिनेत्रीहरुको एक्सनप्रति रुचि देखियो । अब लामो समयपश्चात् महिला केन्द्रित एक्सन फिल्म आउँदैछ । त्यो हो, ‘दान्भी’ ।यसमा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा छिन् । आफ्नो स्टारडम प्रमाणित गर्ने उनलाई यो गजबको अवसर हो । आइतबारबाट भने फिल्मको भविष्य ‘वर्ड अफ माउथ’ले निर्धारण गर्नेछ ।

रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् । कार्यकारी निर्मातामा भने पवन राना मगर छन् ।

भोलि शुक्रबार (असार ७ गते)देखि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरले दर्शकमा एकखालको उत्साह बढाएको छ । यसको फाइदा फिल्मको व्यापारमा पर्नसक्ने आँकलन गरिएको छ । यसैबीच, देशभरका मल्टीप्लेक्सहरुमा बुधबारबाट फिल्मको बुकिङ खुलेको छ । र,फिल्मले राम्रो शोज पाएको छ ।

 

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई ४७ शोज बाँडेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै