पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम सम्पन्न – Sagarmathapana:: Online News Portal

पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम सम्पन्न

   २०८२ असार २३ गते  

काठमाडौं-नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजित दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” आइतबार काठमाडौंको मनाङ होटलमा सफलतापूर्वक सम्पन्न भएको छ।

१०३औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजित तालिम तथा गोष्ठीको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी र माओवादी केन्द्र सहकारी विभाग प्रमुख लिलामणि पोखरेल विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले अध्यक्षता गर्नुभएको थियो भने महासचिव तेज बहादुर बोहोराले तालिमको सञ्चालन गर्नुभएको थियो। संघका सञ्चालक रुपेश तिमिल्सिनाले मन्तव्य व्यक्त गर्नुभएको थियो।

अतिथि वक्ताहरूमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायत सहभागी हुनुभएको थियो।

दुई दिने तालिममा देशभरका करिब १५० जना सहकारीकर्मी सहभागी भएका थिए। तालिमले पर्यटन सहकारी संस्थामा आवद्ध जनशक्तिको नेतृत्व क्षमता विकास गर्दै पर्यटनमार्फत सहकारीलाई आर्थिक र सामाजिक रुपमा सुदृढ बनाउने उद्देश्य लिएको थियो।

कार्यक्रमको समापन संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले गर्नुभएको थियो। उहाँले सहकारीमार्फत पर्यटन विकास, स्थानीय गन्तव्य प्रवर्द्धन र सामुदायिक सहभागिता बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै