नेपाली पत्रकारलाई चीनमा अन्तर्राष्ट्रिय सम्मान – Sagarmathapana:: Online News Portal

नेपाली पत्रकारलाई चीनमा अन्तर्राष्ट्रिय सम्मान

   २०८० चैत्र २३ गते  

 

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । चिनियाँ अनुवादक संघले पत्रकार आचार्यलाई ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ बाट सम्मानित गरेको हो ।

तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा कार्यरत आचार्य एक दशकदेखि चीनमा पत्रकारिता गर्दैछन् । चिनियाँ मिडिया ग्रुप‘सीएमजी’ अन्तर्गतको रेडियो सेवा अन्तर्गत नेपाली सेवामा कार्यरत आचार्यले सातवटा कृति प्रकाशित गरेका छन् । चीन यात्राका अनुभवमा आधारित चार र आख्यान र गैरआख्यान गरी उनका अन्य तीन पुस्तक प्रकाशित भएको छ ।

चिनियाँ समाज र चिनियाँ सव्यताका बारेमा नेपाली सञ्चारमाध्यममा समेत लेख रचना लेख्ने पत्रकार आचार्यले बेइजिङ डायरी स्तम्भ लेख्दै आएका छन् । आचार्यका ‘मेरा आँखामा चीन’ र २०७४ मा ‘चीन चियाउँदा’ पुस्तकमार्फत चीनका बारेमा विभिन्न विषयमा आलेखहरू लेखेका छन् ।

त्यसैगरी २०७८ मा ‘रुइबा’ उपन्यास मार्फत एक जना नेपाली महिलाले चीनको जेलमा पुगेको सत्य घटनामा आधारित भएर लेखिएको उपन्यासमा नेपाली र चिनियाँ संस्कृतिका विविध पक्षका बारेमा लेखेका छन् । ‘रुइवा’ उपन्यासले २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

पत्रकार आचार्यको पछिल्लो कृति ‘नयाँ युगमा चीन’ २०८० वैशाखमा प्रकाशित भएको थियो । चीनको राजनीतिक, आर्थिक, कृषि र विकासका कथा लेखिएको कृतिमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनबाट पारित प्रतिवेदनलाई नेपाली अनुवाद गरेर राखिएको छ ।

पुस्तकमा चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक यात्रा, र कम्युनिस्ट पार्टीको एक सय वर्षको इतिहास, र चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटीभ( बीआरआई) र चीनले गरिबी हटाउनका लागि चालेका कदमका बारेमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै