चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक – Sagarmathapana:: Online News Portal

चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक

   २०८२ असार १५ गते  

काठमाडौँ। चलचित्र ‘ताराहरू’ को टिजर सार्वजनिक गरिएको छ। टिजर शुक्रबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

चलचित्रका निर्देशक आशान्त शर्मा हुन्। चलचित्रमा निम्नमध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ।

चलचित्रमा निर्देशक शर्मासहित मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोदकुमार यादव, पुस्कर गुरुङ लगायत कलाकारको अभिनय छ।

वेज प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र आगामी भदौ ६ मा प्रदर्शन हुनेछ। चलचित्रका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै