एनप्याब्सनले मोडल युनाइटेड नेसन आयोजना गर्दै
काठमाडौँ। निजी विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटीले मोडल युनाइटेड नेसन (Model United Nation, MUN) आयोजना गर्ने भएको छ । यहि माघ १२ र १३ गते सम्पन्न हुने उक्त कार्यक्रममा नगर भित्रका सबै नेसनल प्याब्सनका सदस्य विद्यालयहरुले सहभागिता जनाउन पाउनेछन । नेसनल प्याब्सन र प्याब्सनकै इतिहासमा पहिलो पटक आयोजना हुन लागेको उक्त कार्यक्रमबारे विस्तृत रूपमा जानकारी गराउन माघ ५ गते आयोजकले सहभागी विद्यालयहरुका प्रिन्सिपल साथै विद्यार्थीहरु संग अन्तरक्रिया साथै विशेष कार्यशाला समेत आयोजना गर्ने भएको छ ।
फरक किसिमको कार्यक्रम भएकै कारण विद्यार्थी र विद्यालयहरु उत्साहित रहेको नेसनल प्याब्सन बुढानिलकण्ठका सचिव सुदिप काफ्लेले बताए । सिङ्गो नगर कमिटी नै कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न लागि परेको र कार्यक्रम एतिहासिक बन्ने कुरामा आफू ढुक्क रहेको बताउछन् नेसनल प्याब्सन बुढानिलकण्ठका कोषाध्यक्ष इश्वर के सी । विद्यार्थीहरुलाई अन्तरास्ट्रिय स्तरको मंच प्रदान गर्नुका साथै युनाइटेड नेसनबारे व्यवहारिक रुपमा बुझाउन संग संगै विद्यार्थीहरुको व्यक्तित्व विकास र नेतृत्व विकासको लागि यो कार्यक्रम आयोजना गर्न लागिएको नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाले बताए ।












