मुकुन भुसालको इन्ट्रीसंगै ‘जदौ’ फिल्मको कलाकार लाइनअप झनै बलियो – Sagarmathapana:: Online News Portal

मुकुन भुसालको इन्ट्रीसंगै ‘जदौ’ फिल्मको कलाकार लाइनअप झनै बलियो

   २०८२ जेष्ठ २९ गते  

काठमाडौं – अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र ‘जदौ’ मा अब अभिनेता मुकुन भुसाल पनि देखिने भएका छन्। काजी लिम्बूको निर्माण परिकल्पना र लेखनमा तयार हुन लागेको यस चलचित्रको निर्देशन भने अझै खुलाइएको छैन।

फिल्मको सुटिङ भदौ महिनाबाट सुरु हुने तयारीमा छ। केही दिन अघि मात्र चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह फिल्ममा प्रमुख भूमिकामा अनुबन्ध भइसकेकी छन्। अब अभिनेता मुकुन भुसालसहित अभिनेत्री सन्ध्या श्रेष्ठ पनि टिममा अनुबन्धित भएपछि फिल्मको कलाकार लाइनअप झनै बलियो बन्दै गएको छ।

सिल्भर स्क्रीन र समिश्रण मुभिजको संयुक्त लगानीमा बन्न लागेको यो फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ रहेका छन्। फिल्मका छायाँकार श्याम तामाङ हुनेछन् भने, संगीतमा बाबुल गिरी र निर्माण व्यवस्थापनमा बुद्धि माझी रहनेछन्।

फिल्म २०८२ सालभित्रै प्रदर्शन गर्ने तयारीमा रहेको जानकारी सिल्भर स्क्रीनकी प्रबन्धक निर्देशक विमला भण्डारीले दिएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै