सत्यकला र शिवको ‘कसरी भुल्नु तिमिलाई’ सार्वजनिक
काठमाडौँ। गायक शिव परियारको स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सत्यकला लामाको शब्द रचना रहेको ‘कसरी भुल्नु तिमिलाई’ बोलको गीतमा संगीत सिडी विजय अधिकारी र संगीत संयोजन उर्गेन दोङको रहेको छ।
विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा नयन सिंह,यांगी दोङ,कुमार कार्की र लिलम थापा फिचर्ड छन्। नरेश आएरले खिचेको भिडियोको सम्पादन लक्ष्मण चौहानले गरेका छन् । भिडियोमा माया प्रेममा परेर दुख पर्दाको कथालाई समेटिएको छ। भिडियो एएमएस इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।












