मैलुङ खोला जलविद्युतको आईपीओ खुल्यो – Sagarmathapana:: Online News Portal

मैलुङ खोला जलविद्युतको आईपीओ खुल्यो

   २०७८ श्रावण १४ गते  

 

काठमाडौं । आज साउन १४ गते देखि मैलुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ ल्याएको हो ।

प्रतिकित्ता १ सय रुपैयाँको जम्मा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनको गरेको हो ।

निष्कासन भएको मध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै