रमण र मेलिनाको ‘जौ जौ मास ‘ मा चन्दन र बिना (भिडियो) – Sagarmathapana:: Online News Portal

रमण र मेलिनाको ‘जौ जौ मास ‘ मा चन्दन र बिना (भिडियो)

   २०८० बैशाख १९ गते  

काठमाडौँ। गायक रमण थामी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जौ जौ मास’ बोलको गीतमा शब्द मिराज बिक्रम सिंहको रहेको छ भने संगीत रमण थामीको रहेको छ। भिडियोमा चन्दन जैसवाल र बिना राउत फिचर्ड छन्। लामो समय मलेसिया बस्दै आएका चन्दन जैसवाल नेपाली कलाकारिताको मोहले यस क्षेत्रमा प्रवेश गरेका हुन् । टिकटक हुँदै नेपाली म्युजिक भिडियो मार्फत अभिनय यात्रा थालनी गरेका जैसवालले छोटो समयमा आधा दर्जन जती म्युजिक भिडियोमा काम गरी सकेका छन्।

रोमान्टिक गीतको भिडियोको निर्देशन रणधीर श्रेष्ठ र अजय विजय शाहले गरेका हुन्। शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोको छायाँकन र सम्पादन रणधीर श्रेष्ठले गरेका हुन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै