हुम्लाबाट सुत्केरी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार – Sagarmathapana:: Online News Portal

हुम्लाबाट सुत्केरी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

   २०८२ बैशाख १७ गते  

काठमाडौं।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गर्दै आएको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जटिल प्रसूति समस्यामा परेकी हुम्ला सिमकोट-२ निवासी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ।

उक्त उद्धार कार्य वैशाख १६ गते सम्पन्न भएको हो। महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाली सेनाको सहायतामा उनलाई हुम्लाबाट हवाईमार्ग हुँदै प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको मन्त्रालयले जानकारी दिएको छ।

जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षाका लागि सञ्चालन गरिएको हवाई उद्धार कार्यक्रमले दुर्गम भेगका महिलाहरूको पहुँच र स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पारिरहेको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै