कलाकार संघको निर्वाचनमा महासचिवका उम्मेदवार उत्तमको बलियो सम्भावना – Sagarmathapana:: Online News Portal

कलाकार संघको निर्वाचनमा महासचिवका उम्मेदवार उत्तमको बलियो सम्भावना

   २०७९ चैत्र ३ गते  

काठमाडौं। यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा महासचिवका उम्मेदवार उत्तम केसीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना प्रतिबद्धता सार्ववनिक गरेका हुन्। उत्तम केसी संगै कार्यक्रममा उपाध्यक्ष तेज कुमारी खतिवडा (तेजुला) ले पनि आफ्नो उमेद्वारी संगै आफ्नो प्रतिबद्दता सार्वजनिक गरिन्। खतिवडाले आफु कुनै पनि प्यानलमा नभई स्वतन्त्र रुपमा आफुहरुले उमेद्वारी दिएको बताए। संघमा आफु काम गर्ने र कलाकारको हकहितको लागि अघि बढ्ने प्रतिबद्दता गरिन्।

उत्तम केसीले संघमा हाल देखा परेका बेथिति, विकृति, विसङ्गतिलाई पन्छाउँदै स्वच्छ, सफा, हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् भने अग्रज कलाकारहरूदेखि नवकलाकारहरू सबैलाई संघभित्र आवद्धता हुने वातावरण तयार पारी संघको गरिमा बढाउन काम गर्ने योजना बनाएको बताए ।

२०५३ सालमा बसुन्धरा भुसाल नेतृत्वमा कार्यसमिति सदस्य, २०६५ सालमा रमेश बुढाथोकी नेतृत्वमा सह–कोषाध्यक्ष, २०६९ नवल खड्का नेतृत्वमा सचिव तथा नेपाल सरकारको प्रशासनिक क्षेत्रमा ३३ वर्ष कार्य गरेका केसीले सात बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफूलाई महासचिव पदमा विजयी गराइदिन अपिल गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै