BMS चौथो ब्याचको हिमलङ हिमाल (७१२६ मिटर) अभियान प्रारम्भ
काठमाडौं।BMS (Bachelor in Mountaineering Studies) चौथो ब्याचका ८ औं सेमेस्टरका विद्यार्थीहरूको टोलीले हिमलङ हिमाल (७१२६ मिटर) आरोहण अभियानको लागि आधिकारिक रूपमा प्रस्थान गरेको छ।


यस साहसिक अभियानको नेतृत्व IFMGA प्रमुख प्रशिक्षक श्री रितेन जाङ्बु शेर्पाले गर्नुहुनेछ। उहाँसँगै श्री पासाङ काजी शेर्पा र श्री पासाङ किदार शेर्पा प्रशिक्षकको रूपमा सहभागी हुनुहुन्छ। अभियान टोलीमा BMS का कार्यकारी निर्देशक श्री अनिल किराती र लेखा प्रमुख श्री आलोक खतिवडा पर्यवेक्षकका रूपमा साथ रहनुहुनेछ।
अभियानको सम्पूर्ण रसद व्यवस्थापन राइज एक्सपिडिसन ट्रेक्स प्रा. लि.ले सम्हालेको छ।











