युएईमा नेपालीले जिते ८३ करोड रुपैयाँको चिट्ठा – Sagarmathapana:: Online News Portal

युएईमा नेपालीले जिते ८३ करोड रुपैयाँको चिट्ठा

   २०७९ फाल्गुन २ गते  

युएईमा एक नेपालीले करिव ८३ करोड रुपैयाँको चिठ्ठा जितेका छन् । कतारमा काम गर्दै आएका धनुषाका रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात् करिव ८३ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेका हुन् । शुक्रबार घोषणा भएको बिग टिकट अबुधावी चिठ्ठाको बिजेता बन्दै उनले यो रकम प्राप्त गरेका हुन् ।

सात बर्षदेखि कतारमा काम गर्दै आएका पालले जनवरी १६ तारिखमा साथीहरुसँग मिलेर यो चिठ्ठा किनेका थिए । उनी हाल कतारको इष्टर्न एक्सचेन्ज मनी ट्रान्सफरमा काम गर्दै आएका छन् ।

आयोजकसँग कुराकानी भएको र आफ्ना डकुमेन्ट पठाइसकेको उनले बताए । रकम प्राप्त भएपछि चिठ्ठा किन्न लगानी गरेका साथीहरुवीच बाँड्ने र आफ्नो भागमा पर्ने रकम नेपाल पठाउने बताएका छन् । करोडौं रुपैयाँको चिठ्ठा जिते पनि आफुले गर्दै आएको काम नछाड्ने उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै