नेपालको नाम उच्च बनाउदै व्यवसायी दयानिधी सापकोटा
काठमाडौं । युरोपियन ल स्टुडेन्ट एयोसियसन र लेस्टर युनिभर्सिटी ‘ल’सोसाइटीले हस्पिटालिटिको तर्फबाट बिस्ट्रो ओजी र ओजी सिम्प्ली इटालियनको तर्फबाट रेष्टुरेन्ट सञ्चालक तथा सामाजिक अभियान्ता दयानिधी सापकोटालाई चयन गरेको छ ।
बेलायतका एक जना सफल नेपाली व्यवसायी दयानिधि सापकोटाले युनिभर्सिटी अफ लेस्टरमा आयोजना हुन लागेको एक अन्तरक्रियामा आफ्नो अनुभव प्रस्तुत गर्ने भएका छन् । लेस्टरमा स्थापित ओजी सिम्प्ली इटालियन तथा बिस्ट्रो ओजी रेष्टुरेन्टका सञ्चालक सापकोटाले युनिभर्सिटी अध्ययनरत विद्यार्थीमाझ आफ्नो व्यवसायिक अनुभव र हस्पिटालिटीका विविध आयामबारे सुनाउने भएका हुन् ।
आउंदो १४ नोभेम्बरमा युनिभर्सिटीको काउन्सिल रुम, फिल्डिङ जोन्सन बिल्डिङमा हुने प्यानल डिस्कसनमा सापकोटाले हस्पिटालिटीको चुनौति र सम्भावना, आफ्नो सफलताको कथा आदिबारे आफ्नो धारणा राख्ने छन् । ‘विविध क्षेत्रका विद्धान तथा विद्यार्थीमाझ आफ्नो धारणा सेयर गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरका रुपमा लिएको छु’, सापकोटाले भने, ‘मेरो अनुभवले विद्यार्थीहरु लाभान्वित हुन्छन् भने त्यो नै मेरो सफलता हो ।’












