युएइका बिजनेस म्यान डाक्टर बु अब्दुल्हा नेपाल आउँदै – Sagarmathapana:: Online News Portal

युएइका बिजनेस म्यान डाक्टर बु अब्दुल्हा नेपाल आउँदै

   २०७९ आश्विन २५ गते  

युएइ नेपाल खबर सम्वाददाता। नेपाल भ्रमण गर्न र केही ब्यापारिक भेट्घाटको लागी भोली बुधवार युनाइटेड अरब इमिरेट्स देखी डाक्टर बु अब्दुल्हा नेपाल आउने भएका छन । युनाइटेड अरब इमिरेट्सका पब्लिक फिगर डाक्टर बु अब्दुल्हा का २८७ कम्पनी तथा ७ वटा भन्दा बढी देशहरुमा लगानी गरेका छन । युनाइटेड अरब इमिरेट्सका सेलिब्रेटी मानिने डक्टर बु पछिल्लो समयमा दुबइमा आयोजना गरिएको ‘नेपाल टुरिजम टुर दुबइ २०२२’ मा उपस्थिती हुँदै गर्दा त्यहाँ उपस्थिती भएका नेपालीको उत्साह देखेर नेपालसँग पनि जोडिन चाहेको उनले बताए ।

डक्टर बु भोली नै पोखरा जानेछन, पोखाराको भेट्घाट पछी काठमाडौँ फर्केर पुन यहाँको भेट्घाट पछी दुबइ फर्कने छन् । ड्रिमहाई नेपालले आयोजना गरेको दुबइको ऐतिहासिक कार्यक्रम सफल हुनुमा हाल नेपालमा युनाइटेड अरब इमिरेट्स दुबइ देखी सोही स्थानका स्थानिय आउने क्रम जारी छ । यो हुँदै गर्दा कार्यक्रमले नेपालमा बिदेसी पर्यटन भित्राउन राम्रो भूमिका खेल्नेछ ।

संसारभर आयोजना गरिने नेपाल टुरिजम टुरले पर्यटनहरुसँ को सम्बन्ध यस्तै प्रगाढ बनाउदै जाने हो भने पर्यटक त आउछन आउछन लगानी पनि भित्रिने छ । युनाइटेड अरब इमिरेट्सबाट यो बर्षमा ठुलो संख्यामा पर्यटन भित्राउने योजना सहित डक्टर बु नेपाल आउने भएका हुन !

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै