बाग्लुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ – Sagarmathapana:: Online News Portal

बाग्लुङको तमानखोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ

   २०८२ बैशाख १ गते  

काठमाडौँ।बाग्लुङ को तमान खोला गाउँपालिका-२ स्थित कटेरीमा भएको जिप दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, जुम्लाको कन्का सुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, बागलुङको तमानखोला-१ का २९ वर्षीय सचिन विक, सोहो ठाउँ बस्ने ६३ वर्षीया इन्द्रकुमारी गिरी, ५२ वर्षीया मनसरी शेरचन, बागलुङको तमानखोला गाउँपालिका-२ की २० वर्षीया झरना गिरी रहेका छन् ।

यसैगरी घाइते हुनेहरूमा बागलुङको तमानखोला गाउँपालिका-१ की २५ वर्षीया बसन्ती मगर, बागलुङको तमानखोला गाउँपालिका-१ का २७ वर्षीय जिप चालक सुशील रसाइली रहेका छन् ।

यसैगरी घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ नवीन मल्ल र बागलुङको तमानखोला गाउँपालिका-१ का १२ वर्षीय मनी मगर रहेका छन् ।

घाइते मध्ये २ जनालाई थप उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै