प्रधानमन्त्री ओली आज दमक जाँदै, एक लाख मान्छे उतार्ने – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओली आज दमक जाँदै, एक लाख मान्छे उतार्ने

   २०८१ चैत्र ३० गते  

काठमाडौं।नेकपा (एमाले) ले आज दमकमा जागरणसभा गर्ने भएको छ। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने आजको सभामा एक लाख मान्छे उतार्ने एमालेले जनाएको छ ।

सभाको तयारी पूरा भएको नेता शेरधन राईले जानकारी दिएका छन् । हिजोमात्रै प्रधानमन्त्री ओली लुम्बिनीमा पार्टीको जागरणसभामा सम्बोधन गरेर फर्किएका हुन् ।

एमालेले आगामी बैशाख ११ गते काठमाडौंमा ४० वर्ष ननाघेका एक लाख युवा उतार्ने घोषणा गरिसकेको छ । प्रतिगमनकारीहरुलाई सबक सिकाउन एमालेले देशव्यापी रुपमा जागरणसभा गर्ने घोषणा गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै