एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु:अख्तियारलाई हर्क साम्पाङको जवाफ – Sagarmathapana:: Online News Portal

एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु:अख्तियारलाई हर्क साम्पाङको जवाफ

   २०८१ चैत्र २९ गते  

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा धरानमा जारी विभिन्न योजनाहरूमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेलम्ची, दमक टावर, एनसेल र वाइडबडी घोटालाजस्ता कुरातिर नलागेर श्रमदानको खेदो नखन्न आग्रह गर्दै  पत्राचार गरेका छन् ।

उनीविरुद्ध उजुरी परेपछि अख्तियारले सोधपुछका लागि भन्दै पत्राचार गरेको थियो । उजुरीसम्बन्धमा मेयर साम्पाङले गत माघ ११ गते नै ‘त्यो वाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ?’ भनेर राय प्रतिकृया दिएकोमा पुनः पढ्नका लागि स्पष्टीकरण पठाइदिएको बताएका छन् ।

धरानको खानेपानी बोर्ड स्वयत्त निकाय भएकाले यसले आफ्नो नगरवासीहरुलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउने साम्पाङले जवाफमा उल्लेख गरेका छन् ।

‘नगरवासीहरुलाई सुलभ तरिकाले अटुट रुपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य हो बिहान उठ्ने बित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला । केहीछिन पछि भात पकाउनु पर्‍यो । भात पकाउन पानी चाहिन्छ । भात खाए पछि हातमुख चुठ्नु पर्‍यो, त्यसको लागि पनि पानी चाहिन्छ,’ स्पष्टीकरण पत्रमा उनले लेखेका छन्, ‘जुठो भाँडा लडाइराख मिलेन धुनै पर्‍यो, त्यसको लागि पनि पानी नै चाहिन्छ । फोहोर लुगा लगाएर भएन धुनै पर्‍यो । लुगा धुन पनि पानी नभै नहुने । स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने ध्ज्इ ले नुहाउनलाई पनि पानी चाहियो । यसो।। करेसावासी र बगैँचातिर पनि पानी चाहिने नै भयो ।’

जवाफमा अगाडि उनले लेखेका छन्, ‘फेरि सुँगुर कुखुरा चौपायालाई पनि पानी नखुवाई नहुने त्यसो भएको हुनाले धरानबासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नै परो मैले, इन्फ्याक्ट हामीले… ।’

केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिन भनेर वर्षौँ बिन्ती बिसाउँदा पनि नसुनेपछि गाग्री लिएर आफू सिंहदरबार पुगेको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के । त्यसैले हाम्ले श्रमदान गर्नु परेको हो खोइ कुरा बुझ्या !’

केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको उनले बताएका छन् ।

उनले अख्तियारलाई मुहानबाट धरानसम्म हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउन पनि अनुरोध गरेका छन् । पानीमा राजनीति गर्न नहुने बताउँदै मेयर साम्पाङले अन्यथा जनता पानी माग्न अख्तियारमा आउने चेतावनी समेत दिएका छन् ।

488191186_1150868850150078_7350431855654024759_n

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै