धरानमा हत्या गरी फालेको शव – श्रीमान कोरियामा,नेपालमा श्रीमतीको हत्या : – Sagarmathapana:: Online News Portal

धरानमा हत्या गरी फालेको शव – श्रीमान कोरियामा,नेपालमा श्रीमतीको हत्या :

   २०८१ चैत्र २८ गते  

काठमाडौं।सुनसरीको धरानमा हत्या गरी फालेको अवस्थामा फेला परेकी महिलाको पहिचान ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको  भएको छ। उनी originally धनकुटा महालक्ष्मी नगरपालिका १ की हुन् र हाल इटहरी-२, हलगडामा छोरासँग भाडामा बस्दै आएकी थिइन्।

गत सोमबार धरान-६, पाँचकन्या जंगलमा शव फेला परेको थियो। गोठालोले लसुने रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घाँटी कसेर हत्या गरिएको आशंका छ र शवको कम्मर मुनिको कपडा नदेखिएको प्रहरीले जनाएको छ।

मृतकका श्रीमान् प्रेम बुढाथोकी वैदेशिक रोजगारीमा कोरियामा छन्। उनी पाँच वर्षपछि एक महिनाका लागि घर आएर पुनः कोरिया फर्किएका थिए। हत्या कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान जारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै