विदेशी पर्यटक घट्न थालेका हुन्? नेपालमा – Sagarmathapana:: Online News Portal

विदेशी पर्यटक घट्न थालेका हुन्? नेपालमा

   २०८१ चैत्र २४ गते  

काठमाडौं। सिजनमा पनि ‘पर्यटक आगमन घटेको’ भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। हिमाल आरोहण र ट्रेकिङका लागि विशेष मानिने वसन्तकालीन सिजन सुरु भइसक्दा पनि पर्यटक आगमन दर औसत छ।

पर्यटन बोर्डले गत मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत मार्चमा १ लाख २१ हजार ६८७ पर्यटक नेपाल आएका थिए। यो संख्या सन् २०२४ को मार्चको भन्दा ५.१ प्रतिशत कम हो। २०२४ को मार्चमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए।

सबैभन्दा धेरै पर्यटक भित्रिएको वर्ष सन् २०१९ को मार्चमा भन्दा ४.४ प्रतिशत कम पर्यटक २०२५ को मार्चमा आएका छन्। २०१९ मा १ लाख २७ हजार ३५१ पर्यटक नेपाल आएका थिए।

गत फेब्रुअरीमा पनि पर्यटक आगमनदर घटेको थियो। २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल आएका थिए। भने, २०२५ को फेब्रुअरीमा संख्या घटेर ९६ हजार ८८० मा झरेको थियो।

जनवरीमा पनि पर्यटक आगमनदर उल्लेखयरुपमा बढ्न सकेको थिएन। २०२४ को जनवरीमा ७९ हजार १०० पर्यटक नेपाल आएकोमा २०२५ मा १.१ प्रतिशत (७९ हजार ९९१)मात्रै वृद्धि भएको थियो।

नेपालमा पर्यटक आगमनलाई कोरोना महामारीको अवस्थामा फर्काउने लक्ष्य राखिएको छ। यद्यपि, कारोना महामारी अन्त्य भएको करिब पाँच वर्ष पूरा हुँदासमेत लक्ष्य पूरा हुनुको साटो आगमनदर ऋणत्मकतातिर जान थालेको छ। पर्यटक आगमनदर यही अवस्थामा रहे नेपालको पर्यटन क्षेत्र यथास्थितिमा गुज्रिने देखिन्छ।

tourist-in-marcha-2015-2025-final--1743682506.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै