होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल निर्वाचित
काठमाडौँ।होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल पुन निर्वाचित हुनुभएको छ ।
संघको चैत ४ र ५ गते दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नेपाल दाेस्राे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हाे ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष श्याम कुमार भालु, प्रथम उपाध्यक्ष निप्पु सर्राफ, द्वितिय उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव सुनिल अर्याल, सचिव हरि गोपाल सापकोटा, सह(सचिव रामकृष्ण वस्नेत, कोषाध्यक्ष बिनोद लामिछाने, सह(कोषाध्यक्ष ललितजङ्ग सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले समुद्घाटन गर्नु भएको उक्त अधिवेशनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यू, संरक्षक अमृत बहादुर भुजेल,अधिवेशन सफल पार्नका लागि संघमा आवद्ध बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरुमा रहेका होटल तथा पर्यटन व्यवसायीहरु तथा जिल्ला संघका अध्यक्ष लगायत प्रतिनिधिहरु गरी ३५० भन्दा बढीको सहभागिता रहेको थियो।












