चन्द्रागिरिमा शिशुको शव फेला, प्रहरीले अनुसन्धान थाल्यो – Sagarmathapana:: Online News Portal

चन्द्रागिरिमा शिशुको शव फेला, प्रहरीले अनुसन्धान थाल्यो

   २०८१ चैत्र ८ गते  

काठमाडौँ।काठमाडौंको चन्द्रागिरि नगर पालिका-१२,बलम्बु स्थित बलम्बु खोला किनारमा एक शिशुको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार बिहीबार  ५ बजे शव फेला परेको हो। हिलोमा लतपतिएको वेवारिसे अवस्थामा शव भेटिएपछि प्रहरी प्रभाग, बलम्बुबाट टोली खटिएको थियो।

हालसम्म शिशुको पहिचान खुलेको छैन, भने घटनाबारे विस्तृत छानबिनका लागि प्रहरी वृत्त, थानकोटबाट थप अनुसन्धान टोली परिचालन गरिएको छ। प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै