लम्की चुहामा नागरिक उन्मुक्ति पार्टीबाट महेन्द्र उपाध्याय उम्मेदवार बने
कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट महेन्द्र उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्याय ईन्जिनियर तथा लेखक समेत हुन्। आफू स्वस्थ्य प्रतिस्पर्धामा विश्वास राख्ने र अरूबाट पनि त्यही अपेक्षा गरेको उनको भनाइ थियो।
जनताका घरदैलोमै पुगेर उनीहरूलाई घोषणा पत्र वितरण गर्ने तथा आफ्ना योजना सुनाउने जानकारी उनले दिए। विकास, रोजगार र सेवाका लागि आफू राजनीतिमा आएको उनले बताए।












