अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ – Sagarmathapana:: Online News Portal

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

   २०८१ चैत्र ३ गते  

काठमाडौँ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज घिमिरे पक्राउ परेका छन् ।

निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै